Author: Scoop Khabar

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूबाट सरकारले ९३ करोड रुपैयाँ बराबर कर संकलन गरेको छ । डिजिटल सर्भिस ट्याक्स र मूल्य अभिवृद्धि कर (भ्याट) बापत उक्त रकम बराबर कर तिरेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९/८० देखि सामाजिक सञ्जालहरूबाट डिजिटल सर्भिस ट्याक्स उठाउन सुरु गरेको थियो । पहिलो वर्ष कर संकलन कम थियो । दोस्रो वर्ष ५० करोड हाराहारी राजस्व संकलन भएको उनले जानकारी दिए । यस वर्षसम्म ९३ करोड रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । गैरवासिन्दा व्यक्ति तथा कम्पनीले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाबापत कर तिर्नुपर्ने प्रावधान सरकारले…

थप

वीरगन्ज।मधेश प्रदेशको बर्दिवासमा आयोजित प्रदेशस्तरीय किशोर–किशोरी भेला २०८२ भदौ १८ र १९ गते सम्पन्न भएको छ। मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा प्रदेशभरिबाट आएका किशोर–किशोरीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बालविकासमा लगानी, सुनिश्चित भविष्यको तयारी” भन्ने मूल नाराका साथ सम्पन्न भेलामा बाल अधिकार, किशोर-किशोरीको नेतृत्व विकास, बाल विवाह न्यूनीकरण, शिक्षा र लैङ्गिक समानता लगायतका महत्वपूर्ण विषयमा बहस र छलफल गरियो। कार्यक्रममा सहभागी किशोरीहरूले रचनात्मक प्रस्तुति, कविता, भाषण, र नारा लेखिएका पोस्टरमार्फत आफ्ना विचार राखेका थिए। एक किशोरीले “पहिले गर शिक्षा दान, तब गर कन्या दान” भन्ने सशक्त सन्देश दिँदै बाल विवाहविरुद्ध…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले बिहीबार अपराह्नदेखि कार्यभार सम्हालेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्को १३ भदौको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाएका खापुङलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्नबाट सुशोभन गरेका थिए । त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गरेकामा प्रहरी महानिरीक्षक खापुङलाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो । पद…

थप

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि विभिन्न उपाय अवलम्बन गर्न अनुरोध गरेको छ । विभिन्न मानवीय क्रियाकलापले ध्वनि प्रदूषण कम गर्न भन्दै विभिन्न उपाय अपनाउन अनुरोध गरेको हो । ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको प्रहरी कार्यालयले जनाएको छ । राति अनावश्यक आवाज ननिकाल्न फोन गर्दा आवाज कम गर्ने र हेडफोन प्रयोग गर्न प्रहरीको सुझाव छ । प्रहरीको अनुरोधमा भनिएको छ, ‘फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ,…

थप

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने बताएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो चाहिँ गर्ने छैन ।’ ‘स्वेच्छाले रोजेर प्रहरी बनेको उल्लेख गर्दै खापुङले भने, ‘मेरा सीमितता प्रति जानकार छु तर, राम्रो गर्ने प्रयास गर्नेछु ।’ तेह्रथुमको गाउँबाट निस्किएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको उल्लेख गर्दै खापुङले सकल दर्जाको हितको खातिर काम गर्ने बताए । गत १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२ औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत धादिङको त्रिपुरासुन्दरी–१ स्थित पान्धारे दुग्धनाथ महादेव मन्दिर धामिॅक वन परिसमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण जस्ता गतिविधिले वातावरण संरक्षण मात्र नभई समुदाय र सुरक्षाकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन साथै अपराध नियन्त्रण, सामाजिक अनुशासन र सार्वजनिक सुरक्षामा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको छ । समुदायसँग सहकार्य नगरी प्रभावकारी सुरक्षा सम्भव नहुने र प्रहरी मात्र कानून लागू गर्ने निकाय नभई समाजकै एक अभिन्न अङ्ग हो । नागरिक र सुरक्षाकर्मीबीच आपसी विश्वास, सहकार्य र संवाद बढाउन निरन्तर प्रयास भइरहेको धादिङ प्रहरी प्रमुख एसपी भेषराज रिजालले बताए । प्रहरीप्रति जनविश्वास अझ…

थप

काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गत १४ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । ३१औं महानिरीक्षक दिपक ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन् । खापुङले आजैबाट कार्यभार सम्हाल्ने छन् । खापुङले कार्यभार सम्हाल्ने क्रममा आज बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति हेडक्वार्टरमा अनिवार्य गरिएको छ । २०५२ कात्तिक २६ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरू गरेका उनी तेह्रथुमका बासिन्दा हुन् ।

थप

काठमाडौं । काठमाडौंको एक सामान्य गल्लीभित्र रहेको दुईतले घर। बाहिरबाट हेर्दा कुनै साधारण मध्यमवर्गीय परिवारको घरजस्तो लाग्छ। तर यही घरभित्र मंगलबार बिहान प्रहरीको छापा परेपछि देखिएको दृश्यले राजधानीमै रहेको भूमिगत वित्तीय साम्राज्यको पर्दा च्यातिदियो। गहिरो आलमारीका ढोकामुनि सजाइएका नोटका थुप्रा र चम्किँदो सुनका गहना। प्रहरीका आँखाहरू अचम्ममा डुबाउँदै घरबाट बरामद भयो ४ करोड २५ लाख ५० हजार नगद र साढे ९ किलो सुन। तर, यो त केवल सतहको कथा हो, घटनाको अनुसन्धानमा खटिएका अनुसन्धानकर्ताहरू भन्छन्, ‘यसै घर र यसै परिवारसँग जोडिएको एउटा जालोमा अझै २०–३० करोड नगद विभिन्न गोदामहरूमा लुकाइएको हुनसक्छ।’ ७६ वर्षीय विनोद श्रेष्ठ, मूल घर गोरखा नगरपालिका–६, अहिले…

थप

काठमाडौं । निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजी) दीपक थापाले नवनियुक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ साहसी, निष्ठावान र क्षमतावान व्यक्तित्व भएको बताएका छन् । बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विदाइ विशेष समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक थापाले नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् । उनले खापुङ अत्यन्तै साहसी, निष्ठावान र क्षमतावान व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले सङ्गठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि सबै प्रहरी कर्मचारीहरूले उनलाई रचनात्मक सहयोग गर्नुपर्नेमा थापाले जोड दिए । ‘सङ्गठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक…

थप

काठमाडौं । नेपाल प्रहरीका नव–नियुक्त महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङलाई आज दर्ज्यानी चिन्ह प्रदान हुँदैछ । गृह मन्त्रालयले बिहान ९:३० बजे आयोजना गर्ने कार्यक्रममा गृहसचिव गोकर्ण मणि दुवाडीले खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गर्नेछन् । मन्त्रीपरिषद्को १४ भदौमा बसेको बैठकले खापुङलाई नेपाल प्रहरीको ३२औं आइजीमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजी दिपक थापा ३० वर्षे सेवाअवधि पूरा गरी गए रातिदेखि अनिवार्य अवकाशमा गएपछि प्रहरी संगठनको कमाण्ड खापुङले सम्हाल्न लागेका हुन् ।

थप