एजेन्सी । दिल्लीको दयालपुरबाट हराएकी २५ वर्षीया तैय्यबा केही दिनपछि बागपतको घना जंगलभित्र ढलेको अवस्थामा भेटिइन्, र त्यो पनि उनको आफ्नै पति फैसल चौधरीको निशानदेहीमा।
एकातिर दिल्ली पुलिसको लगातार दबाब, अर्कोतिर परिवारको पीडा- यी सबैबीच बुधबार राति प्रहरी टोली सरूरपुर कलां पुगेको थियो। जंगलका झाडी चिराउँदै पुगेका अधिकारीहरूलाई छायाँ–झैँ अडिएको एक शव देखियो, र सुरू भयो त्यो क्रूर कथा, जसले सबैलाई स्तब्ध बनाइदियो।
तैय्यबा र फैसलको सम्बन्ध प्रेमबाट सुरु भएको थियो। क्लबमा भेटिएका दुवैबीच नजिकिँदै गएको सम्बन्ध १५ अप्रिल २०२५ मा कोर्ट म्यारिजमा परिणत भयो, पछि विवाह पनि भयो। तर यो सम्बन्ध बस् दुई जनाबीच मात्र बाँकी रह्यो- न फैसलले आफ्नी पहिलो पत्नीलाई बताए, न तैय्यबाले आफ्नो परिवारलाई।
दुवैको जीवन आ–आफ्नै संसारमा तरिकाले चलिरहेको थियो। तर समस्या त्यतिखेर सुरु भयो, जब तैय्यबा विवाहपछि आफ्नो घर बस्ने अधिकार माग्न थालिन्। उनी चाहन्थिन्- अब सम्बन्ध खुलेर अघि बढोस्, आफू ‘दोस्री’ होइन, ‘पत्नी’ जस्तो बाँच्न पाओस्।
फैसल भने यही कुरा सहनै नसकी दिक्किन थाल्छन्। यही दिक्कत धीरे-धीरे एक प्लानमा बद्लियो- क्रूर, सोच्नै नसकिने प्लानमा।
२२ नोभेम्बरको रात। फैसलले साथीको आइ–२० कार मागे। त्यो कार नै बादमा साक्षी बन्छ भन्ने उनलाई थाहा थिएन। उनी बाटोमै पुगे र तैय्यबालाई लिएर दिल्लीका सडकमा घुमिरहे। तर ती घुमाइमा रोमान्स केही थिएन- उनी भित्रभित्रै योजना बुनिरहेका थिए। रात परेपछि झिलमिलको एक क्लब पुगे, त्यहाँ फैसलले मदिरा पिए, तर त्यो मादकता केवल बाहिरी थियो- मनभित्र त उनी हत्या गर्ने निर्णयमा झनै अडिग हुँदै थिए।
क्लबबाट निस्केपछि कारमा बस्दैगर्दा उनीबीच केही झगडा पनि भयो। तर त्यो क्षणको अन्त्य निकै भयावह बन्यो। फैसलले कारमै पेस्तोल निकाले र तैय्यबाको टाउकोमा गोली हानिदिए। कार एकाएक सन्नाटाले भरियो। त्यो रात दिल्लीको सडकमा ती दुईमध्ये केवल एकजना बाँचेर बसेका थिए र अर्को शव बनिसकेको थियो।
हत्यापछि फैसल सिधै दिल्ली–यूपी सीमा पार गरे। रातको अन्धकार र कारको हहेडलाईट मात्र साथ थियो। उनी बागपतको सरूरपुर पुगे, जहाँ जंगलभित्रको सुनसान ठाउँ छानिएर तैय्यबाको शरीर फ्यालियो- यस्तै ठाउँमा त अपराधीहरू “सुरक्षित” ठान्छन्। लाश फ्यालेर फैसल भागे- सोचे होलान्, सबै समाप्त भयो। तर अपराध लुक्दैन।
जब बिहान भयो, दिल्लीमा तैय्यबाको परिवारले उनी हराएको रिपोर्ट दर्ता गराइसकेका थिए। भारतीय पुलिसले अनुसन्धान थालेपछि सबैभन्दा पहिले शंका फैसलमै गयो। र जब दवाब बढ्दै गयो। नभन्दै मंगलवार, २५ नोभेम्बरमा फैसल अदालत पुगेर आत्मसमर्पण गर्न बाध्य भए।
प्रहरी हिरासतमा पुगेपछि उनले सबै स्वीकारे। हामीहरु विवाहित थियौं। आफैंले गोली हाने । आफैले शव बागपत पुर्याए। त्यही कथनपछि पुलिस उनलाई लिएर सरूरपुर पुगे र जंगलमा फालिएको तैय्यबाको शव बरामद गर्यो। यसअघि परिवारलाई विवाह भएको कुरा पनि थाहा थिएन- फैसलका बुबाले नै कोर्ट म्यारिजका कागज देखाएपछि मात्र यो सत्यता खुलेर आयो।
त्यस्तै घटनामा प्रयोग भएको कार बरामद भइसकेको छ । त्यस्तै युवतीको पनि पोस्टमार्टम भइसकेको छ। र फैसल प्रहरी हिरासतमा छन् । बचेको छ- हतियारको खोजी र न्यायको प्रतीक्षा। दिल्ली प्रहरीका डीसीपी आशिष मिश्र भन्छन्- जाँच पूरा भएपछि कानुनले यथायोग्य सजाय दिनेछ।
एक युवती, जसले प्रेममा विश्वास गरेर विवाह गरिन्, जसले भविष्यको स्वप्न देखिन्- अन्त्यमा कारमै गोली खाइन्। प्रेम, धोका र हत्या-तीनै शब्द एकै ठाउँमा टकराइएका यी घटनाक्रमले पूरा इलाका नै हल्लिएको छ।
