Author: Scoop Khabar

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जेनजी आन्दोलनका क्रममा भएका गल्तीप्रति व्यक्तिगत रूपमा माफी मागेका छन्। संविधान दिवसका अवसरमा आज असोज ३ गते पार्टी र पद उल्लेख नगरिएको वक्तव्य जारी गर्दै एमालेले गरेका निर्णय र कामले निम्त्याएका परिणामका लागि व्यक्तिगत रूपमा क्षमा याचना गरेका हुन्। ‘जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु र भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेनजी आन्दोलनका मुख्य कारणहरू हुन्। तर आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनी पनि त्यत्तिकै निन्दनीय छ’, पौडेलले वक्तव्यमा भनेका छन्, विगतमा नेकपा एमालेले लिएका निर्णय गरेका काम र…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताएका छन् । संविधान दिवसका अवसरमा सन्देश जारी गर्दै मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका हुन् । यस अवसरमा सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको बताएका छन् ।…

थप

काठमाडौं । नेपाल प्रहरीमा हालै गरिएको ४८ जना प्रहरी उपरीक्षक (एसपी) सरुवाले फेरि राजनीतिक हस्तक्षेप र भागबन्डाको गन्ध फैलाएको छ । छोटो समयमै, कुनै स्पष्ट कारणबिनै जिल्लाबाट तानिएका एसपीहरूको सरुवाले प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेप र भागबन्डाको गन्ध हो । बाँकेका एसपी रामप्रसाद घर्तीमगर ५ महिनामै सरुवा भए । कुनै गल्ती नभएको तर बिनाकारण तानिएकोमा प्रहरीभित्र असन्तोष छ । घर्तीमगरको ठाउँमा भने संगठनकै अब्बल एसपी मानिएका अंगुर जिसी पुगेका छन् । यस्तै, ‘आकर्षक जिल्ला’ मानिने पर्सामा कार्यरत एसपी गौतम मिश्र पनि ७ महिनामै तानिए । मानव बेचबिखन नियन्त्रणदेखि प्रशासनिक सुधारसम्मका क्षेत्रमा उल्लेख्य काम गरेर पुरस्कृतसमेत भएका मिश्रलाई अचानक सरुवा गरिनु चर्चाको…

थप

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा प्रशासकीय अधिकृत अमित गिरीको गैरजिम्मेवार रवैयाले स्थानीय शासनमा गम्भीर संकट उत्पन्न भएको छ। तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेका गिरीमाथि आर्थिक पारदर्शिता, स्रोतको दुरुपयोग र प्रशासनिक लापरवाहीको गम्भीर आरोप लागिरहेको छ। आय-व्यय विवरण अन्धकारमै गिरीले पछिल्ला तीन आर्थिक वर्षको आय-व्यय विवरण सार्वजनिक नगरेको खुलेको छ। योजनाहरूको विवरण, बजेट विनियोजन, खरिद प्रक्रिया आदिबारे गाउँपालिकाको आधिकारिक वेबसाइटमा कुनै पनि अद्यावधिक जानकारी नहुनु सूचना अधिकार ऐनको समेत उल्लंघन हो। यसले न केवल कानुनी चरित्र बिगार्दछ, जनताप्रति प्रशासनको उत्तरदायित्वमाथि पनि गम्भीर प्रश्न उठाएको छ। स्कार्पियो चढ्ने, कार्यालय नगइने! सबैभन्दा चिन्ताजनक पक्ष के देखिएको छ भने, प्रशासकीय अधिकृत गिरी वर्षभरिमा पाँच–छपटक मात्र…

थप

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। बैंकको सञ्चालक समितिले उनलाई बर्खास्त गर्ने तयारी थालेपछि उनले स्वेच्छिक राजीनामा बुझाएका हुन्। न्यौपाने दुई कार्यकालदेखि सिईओको जिम्मेवारीमा थिए र वर्तमान कार्यकालको अझै एक वर्ष बाँकी थियो। उनको राजीनामासँगै बैंकको नेतृत्वमा फेरबदल हुने पक्का भएको छ। आगामी दिनमा नयाँ सिईओ चयन प्रक्रिया अघि बढाउनेबारे सञ्चालक समितिमा छलफल हुने अपेक्षा गरिएको छ।

थप

काठमाडौं । प्रहरी सेवामा अनुशासित, स्पष्ट धार र परिणाममुखी शैलीका रुपमा चिनिने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले काठमाडौंको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको बिहीबारको मन्त्रीस्तरीय निर्णयपछि काठमाडौं प्रहरी प्रमुखमा थापाको सरुवा भएको हो । यसअघि प्रमुख रहेका एसएसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरेको भन्दौ विवादमा ल्याएपछि अधिकारीलाई हटाइएको हो । अनुशासन र परिणाममा कठोर थापा थापा आफ्नो ब्याचमै एक नम्बरमा रहेका अधिकृत हुन् । प्रहरी संगठनभित्र उनी ‘अनुशासनमा कठोर तर परिणाममा लचकदार’ अधिकारीको रुपमा चिनिन्छन् । मातहतलाई अनुशासित तरिकाले काममा लगाउने उनको शैलीले अपराध नियन्त्रण…

थप

काठमाडौं । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा आगलागीपछि जलेको अवस्थामा एक युवकको शव मंगलबार मात्र फेला परेको छ। काठमाडौं महानगरपालिका–३२ भाटभटेनीको चौथो तलामा भेटिएको शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको रहेको प्रहरीले पुष्टि गरेको छ। बुधबार बिहान अन्दाजी ९:३० बजेतिर प्रहरीले अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरीले जनाएको छ। घटनापछि आवश्यक प्रक्रिया पूरा गरी शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि पठाइएको छ। मृतकका बुबा पूर्णबहादुर रसाइली रहेका र उनका सम्पर्क नम्बर ९८४९९०१५३१ रहेको प्रहरीले जानकारी समेत दिएको छ। उक्त घटनामा प्रहरी निरीक्षक यज्ञराज भट्टको कमाण्डमा ७ जना प्रहरी टोली…

थप

काठमाडौं । जेएनजी आन्दोलनको उथलपुथल बीच विभिन्न कारागारबाट फरार भएका कैदीहरूलाई धादिङ प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ। आन्दोलनकै बहानामा कैदीहरू नख्खु, केन्द्रीय, भद्र, भीमफेदी लगायतका कारागारबाट फरार भएका थिए। तर अहिले धादिङ प्रहरीले फरार भएका १२७ जनालाई क्रमशः पक्राउ गर्दै कारागारमा बुझाउन थालेको हो। धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले ‘शान्ति सुरक्षा कायम गर्ने प्रश्नमा कुनै सम्झौता हुँदैन। अपराधी जसले आन्दोलनलाई ढाल बनाई भागे पनि अब प्रहरीले नछोड्ने’ दृढता व्यक्त गरेका छन्। एसपी रिजालले समाजमा यस्ता आपराधिक गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्न नागरिकलाई आग्रह पनि गरेका छन्। पक्राउ परेका फरार कैदीहरूमा कर्तव्य ज्यान, मानव बेचबिखन, लागूऔषध कारोबार, डाँका,…

थप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यवसायी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई हातेमालो गरेर सुरक्षित, समृद्ध र सुन्दर नेपाल निर्माणमा जुट्न आह्वान गरेका छन्। जेन–जी आन्दोलनमा सरकारको दमन देखेर आफू विचलित भएको बताउँदै उनले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आफ्नै मेडिसिटी अस्पतालमा घाइतेको निःशुल्क उपचार गरिएको उनले स्मरण गराए। आन्दोलनपछिको हिंसात्मक ताण्डवमा सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत संरचनासँगै काठमाडौंस्थित आफ्नो करिब १५० वर्ष पुरानो ऐतिहासिक घर पनि आगलागीमा खरानी भएको उनले बताए। ‘त्यो घर मेरो संघर्ष, प्रगति र जीवनका सुखदुःखको साक्षी थियो,’ महतोले भने। संसारभरका नेपालीलाई संगठित गरी योगदान ल्याउन…

थप

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टेलिजेन्सलाई प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा ल्याए। राज्यमा शान्ति र सुरक्षाको मुख्य आधार नै सूचना हुने भएकाले यस कदमले गुप्तचर विभागलाई थप राजनीतिक महत्व दियो। विश्वका सबै देशमा गुप्तचर निकायलाई राज्यको आँखा र कान मानिन्छ। यसको काम देशभित्र र बाहिर हुने असामान्य गतिविधि, अस्थिरता सिर्जना गर्ने सम्भावना, आतङ्कवाद वा विद्रोह, आपराधिक नेटवर्क, विदेशी चलखेल लगायतका विषयमा सूचना संकलन गर्नु हो। गुप्तचरले सुरक्षासम्बन्धी खतरा अघि नै देख्छ, मूल्यांकन गर्छ र त्यसअनुसार सरकारलाई सचेत गराउँछ। तर, यतिबेला प्रश्न यो उठेको छ- नेपालको राष्ट्रिय अनुसन्धान विभाग (राअ)ले आफ्नो भूमिकालाई कति प्रभावकारी ढंगले निर्वाह गरिरहेको…

थप