काठमाडौं । बालिका बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साह पक्राउ परेका छन् ।
एक १४ वर्षीया बालिकालाई होटेलमा जबरजस्ती करणी गरेको आरोपमा साहलगायत चारजनाविरुद्ध दुईसाता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।
साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले जानकारी दिए ।
बलात्कार सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको डीएसपी बमले बताए ।
साह गत २०७९ को चुनावमा जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार थिए ।
उनी निकटतम प्रतिद्वन्दी भएका थिए ।
साह जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् ।
Facebook Comments Box
