काठमाडौ । सशस्त्र प्रहरी बलले थापेको गैरकानुनी चेकप्वाइन्टको दुर्घटनामा परि एक सर्वसाधारण सख्त घाइते भएका छन् भने एउटा मोटरसाइकल क्षतबिक्षत भएको छ ।
घटना गत ११ गते सोमबारको हो । सिमरा उपमहानगर पालिका-१ स्थित जंगलमा सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयले थापेको गैरकानुनी चेकप्वाइन्टको दुर्घटनामा परि सोही उपमहानगर पालिका २१ बस्ने सुभाष झा सख्त घाइते भएका छन् भने उनको बागमती प्रदेश ०३ –००२४–७८३७ नम्बरको मोटरसाइकल पूर्णरूपमा क्षति भएको छ ।
सिमराबाट अमलेखगञ्ज जाँदै गर्दा सशस्त्र प्रहरीले जंगलको अध्यारोमा थापेको चेकप्वाइन्टमा उक्त दुर्घटना भएको थियो । अबकि उज्यालो ठाउँमा र टल्कने सामान प्रयोग गरेर मात्रै चेकिङ गर्नुपर्ने नियम छ भने अर्कोतिर सशस्त्रको प्राविधिक शिक्षालयले यसरी एम्बुस थापेर चेक गर्न नै पाउदैन ।
तर एसपी नानीराम हुमागाईले भने बारम्बार यसरी गैरकानुनी चेकपोस्ट थाप्दै आएका छन् । घटना भएको दिन सई पुष्पराज न्यौपानेको कमान्डमा ९ जना सशस्त्र प्रहरी खटिएका थिए ।
यसरी सशस्त्र प्रहरीले अनावश्यक चेकजाँच गरेर सर्वसाधारणलाई दुख दिने काम गरेको छ। अधिकार नै नभएको अधिकार प्रयोग गरेर सर्वसाधारणलाई घण्टौं रोकेर दुख दिने काम सशस्त्र प्रहरीले गरिरहेको हो ।
