काठमाडौं । कोशी प्रदेशमा कार्यरत दुई उत्कृष्ट प्रहरी पुरस्कृत भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले उयदपुरको इप्रका रामपुर, ठोक्सिलामा कार्यरत इन्सपेक्टर ऋषिराम ढकाल र इलाका प्रहरी कार्यालय भान्टावारी, सुनसरीमा कार्यरत सई दुर्गा बहादुर लिम्बुलाई कात्तिक महिनाको ‘पुलिस अफ दी मन्थ’ पुरस्कार दिएको हो ।
इन्सपेक्टर ढकालले लागुऔषध कारोबारी तथा फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए ।
त्यस्तै, सई लिम्बुले डाँका मुद्दाका फरार अभियुक्त तथा ठक्कर दिई भाग्ने सवारी साधनका चालकलाई पक्राउ गर्नुका साथै तस्करीको सामान बरामद गरेका थिए ।
Facebook Comments Box
