चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनको मुहार नै फेरिएको छ । प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेदेखि चितवन प्रहरी कार्यालयको मुहार फेरिन थालेको हो ।
एसपी कार्कीले आफ्नो कार्यकालमा कार्यालयको प्रागंणमा प्रतिक्षालयदेखि अन्य भौतिक संरचना बनाएका छन् । उक्त प्रागंणमा बनाइएको संरचनाको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा कामका लागि आउने सर्वसाधारणहरुलाई बस्नको लागि ठाउँ नरहेको देखेपछि एसपी कार्कीले स्थानीय, जनप्रतिनिधिहरुको आर्थिक सहयोगमा उक्त प्रागंण बनाएका हुन् ।

एसपी कार्कीको सक्रियतामा उक्त स्थानमा मन्दिरदेखि, सर्वसाधरण बस्ने ठाउँ, महिलाहरुको लागि स्तनपान कक्ष, बालबच्चाहरु खेल्ने ठाउँ निर्माण भएको छ । त्यस्तै वर्षातको समयमा पानीले हिँडडुलमा हुने समस्याको समेत समाधान भएको एसपी कार्की बताउँछन् ।
एसपी कार्कीले कमाण्ड गरेको जिप्रका चितवनमा हालका प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवर समेत बसेका थिए । आईजी कुँवरको कार्यकालमा समेत धेरै राम्रो कामहरु भएको थियो ।









![फेरियो जिप्रका चितवनको मुहार [१० तस्बिरमा हेर्नुहोस्]](https://scoopkhabar.com/wp-content/uploads/2023/11/chitwan-police.jpg)