काठमाडौ । नेपाल प्रहरी श्रीमती संघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेको छ । संघले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको हो ।
सोमबार संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलगायत संघका पदाधिकारीको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
‘आज भूकम्प पीडितहरुका लागि संघका अन्य पदाधिकारीको समुपस्थितिमा प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषका लागि रकम रू.५,५५,५५५/- को चेक हस्तान्तरण कार्यक्रम गरिएको छ,’ अध्यक्ष कुँवरले भनिन् ।
Facebook Comments Box
