काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छन् ।
महिला प्रहरी कर्मचारीमाथि मादक पर्दाथ सेवन गरेर अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी निलम्बनमा परेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले जानकारी दिए ।
प्रवक्ता कडायतका अनुसार डिएसपी भट्टराई ६ महिनाका लागि निलम्बनमा परेका हुन्। हाल भट्टराईको ठाउँमा डीएसपी रवीन्द्र खनाललाई पठाइएको छ ।
Facebook Comments Box
