काठमाडौं । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाका पूर्वमेयर डा. कृष्ण पौडेल आफ्नै घरमा मृत फेला परेका छन् ।
पूर्वमेयर पौडेल बिहीबार साँझ जितपुर-सिमरा उपमहानगरपालिका( २ स्थित घरमै मृत फेला परेका हुन् ।
पौडेल मृत फेला परेको जानकारी पाउनासाथ नजिकैको प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पौडेल नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितपुर-सिमरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
Facebook Comments Box
