काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) र ड्राइभरको विवरण माग गरेको छ । समितिले गृहमन्त्रालयसँग विवरण माग गरेको हो ।
पिएसओ र ड्राइभरलाई घरयासी काममा लगाउने लगायतका प्रवृतिका विषयमा सार्वजनिक रुपमा समेत प्रश्नहरु उठिरहेको भनी वास्तविकता बुझ्न समितिले विवरण माग गरेको हो ।
समिति सभापति रामहरि खतिवडाका अनुसार विवरण प्राप्त भएपछि त्यसको प्रयोगरदुरुपयोगका सम्बन्धमा समितिमा छलफल हुनेछ ।
Facebook Comments Box
