कलैया । बारा प्रहरीले हराएकी एक बालिकको उद्दार गरेको छ । २२ असोजमा हराएकी ती बालिकाको खोजी गरी मंगलबार परिवारलाई जिम्मा लगाएको हो ।
कलैया उपमहानगरपालिका-२ कवलपुर बस्ने अन्दाजी ३० वर्षीय श्याम बाबु यादवकी ३ वर्षीया छोरी रागेनी यादव कलैया बजारबाट हराएकी थिइन् ।
उनी हराएको खबर तत्काल जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुन साथ तत्कालै अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाबाट उनको खोजतलाश गर्न प्रहरी टोली खटिएको थियो ।
खोजी गर्ने क्रममा प्रहरी टोलीले निज बालिकालाई कलैया उपमहानगरपालिका-१ राजदेवी मन्दिर नजिकै फेला पारी उद्धार गरेको हो ।
ततपश्चात जिल्ला प्रहरी कार्यालय बारामार्फत निज बालिकाकी आमा चिन्ता देवी यादवलाई जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box
