काठमाडौं । सरकारले युद्धग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइनसको जहाज पठाउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई लिन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरेर पठाउने निर्णय गरेको हो ।
स्वदेश फर्किन चाहनेहरूका लागि इजरायलस्थित नेपाली राजदूतावासले अनलाइन दर्ता सुरु गरेको छ । जसमा सोमबार साँझसम्म कम्तीमा दुई सयको निवेदन परेको दूतावासले जनाएको हो ।
इजरायलमा श्रम, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि पुगेका करिब पाँच हजार नेपाली छन् ।शनिबार बिहान हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि त्रसित अन्य विद्यार्थीलगायत नेपालीले स्वदेश फर्किने इच्छा जनाएका हुन् ।
Facebook Comments Box
