काठमाडौं । नेपाल सरकारले प्यालेस्टाइनी समूह हमासको आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली विद्यार्थीको खोजी भइरहेको जनाएको छ । सोमबार साँझ वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँगको समन्वयमा खोजी कार्य भइरहेको जनाएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल अध्ययनका लागि गएका ४९ मध्ये १७ जना बसेको नेपाली विद्यार्थीको टोलीमाथि हमास समूहले आक्रमण गरेको थियो ।
१७ मध्ये १० जनाको निधन भएको छ । बाँकी ४ जना गम्भीर घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । २ जना सुरक्षित छन् भने एक जना अझै सम्पर्कविहीन छन् ।
साथै, जोखिमयुक्त स्थानमा रहेकाहरूमध्ये दुईवटा समूहका विद्यार्थीहरूलाई नेपाली राजदूतावासको पहलमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पनि परराष्ट्र मनत्रालयले जनाएको छ ।
नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत संकलन गरिरहेको
