काठमाडौं । प्रहरीले चीनबाट नेपालमा सुन तस्करी गर्ने गिरोहका प्रमुख व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चिनियाँ नागरिक आगर लामालाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।
लामा दोलखा नाका हुँदै सुन तस्करी गराउन लगाउने व्यक्ति हुन् । चिनियाँ मुलका उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । दोलखामा बरामद ११ केजी सुन उनकै भएको खुलेको छ ।
यसअघि पनि सो घटनामा आठ जना पक्राउ परिसकेका छन् । एक हप्ताको बीचमा दोलखाबाट ११ किलो तस्करीको सुन बरामद भएको थियो ।
Facebook Comments Box
