काठमाडौ । दोलखाको सिँगटीबाट तस्करीको चार किलो सुन बरामद भएको छ । बुधबार राति प्रहरीले करिब चार किलो सुन बरामद गरेको हो ।
सुनसँगै दोलखा प्रहरीले तीनजनालाई पनि पक्राउ गरेको छ ।दोलखाका प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो ।
लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । ‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने ।
Facebook Comments Box
