काठमाडौं । प्रहरीले भन्सार छलीको सामानसहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मथुरा, बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सामानसहित मानिसलाई पक्राउ गरेको हो ।
शनिबार बिहान मथुराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका०३ कट्टीगाउँ र मथुरास्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी ८१ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।
चिनी, घाँसको बिउँ, ब्रोइलर कुखुरा तथा सो कार्यमा प्रयोगमा ल्याइएका ३ थान साइकलसहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि आवश्यक कारबाही हुने भएकाले २ जनालाई राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया र १ जना मानिसलाई पशु क्वारेन्टाईन कार्यालय गुलरियामा बुझाइएको प्रहरीले जनाएको छ ।
