काठमाडौ । बारामा एक ११ बर्षकी अशक्त बालिकामाथि जबरजस्ती करणी भएको छ । बोलीसम्बन्धी अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ ।
शुक्रवार दिउँसो ती बालिकामाथि राना साइँला भन्ने सोम बहादुर लुम्बाले जबरजस्ती करणी गरेको भन्दै पीडितका अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए ।
निजगढ नगरपालिका-१२ का स्थानीय ६० वर्षका लुम्बाले बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितको परिवारले प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।
जाहेरीपश्चात् लुम्बालाई शुक्रवार राती ११:०० बजे नै अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।
न्यौपानेका अनुसार पीडित बालिकालाई उपचारको लागि कलैया प्रादेशिक अस्पताल पठाइएको छ । बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको बुझिएको छ ।
पक्राउ परेका लुम्बाउपर करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
