काठमाडौं । डडेल्धुरामा एक २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेल्धुरा प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको छ ।
प्रहरीकाअनुसार बलात्कारमा संलग्न रहेकामध्ये १ जना अझै फरार छ । पक्राउ पर्नेहरुमा भागेश्वर गाउँपालिका–३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओड रहेका छन् भने १८ वर्षीय किशोर फरार रहेका छन् ।
गत ५ वैशाखमा कमल र १८ वर्षीय किशोरले ती युवतीलाई नानिगाड खोलामा करणी गरेको खुलेको छ । यस्तै, तपेन्द्र र दिपकले गत १२ वैशाख साँझ सोही गाउँपालिकाको डेका गाउँस्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले बलात्कार आरोपमा ३ जनालाई पक्राउ गर्न सफल भएको हो ।
घटनामा संलग्न मुख्य किशोर भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
