दाङ । दाङमा रक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरीले मानब अधिकारकर्मी विनोद केसीलाई पक्राउ गरेको छ ।
केसीले अत्याधिक मापसे गरेर होहल्ला गरेपछि प्रहरीले पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डिएसपी जनकबहादुर मल्लले बताए ।
गएराती पक्राउ गरेर अस्पतालमा मेडिकल चेकजाचका लागि लैजादा समेत उनले विवाद गरेको र मापसे चेक गर्नेक्रममा प्रहरीलाई हातपात गर्दा प्रहरी जवान घाइते भएको वडा प्रहरी कार्यालय घोराहीले जनाएको छ ।
वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र केसीबिच धकेलाधकेल हुँदा प्रहरीले लगाएको कमिज च्यातीएको थियो ।
सम्झाउनेक्रममा उल्टै प्रहरीमाथि केसीले हातपात गरेकाले उनीविरुद्ध मुद्धा दर्ता गरेर कारबाही हुने डिएसपी मल्लले बताए ।
