काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश गौतमलाई प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
त्यस्तै नारायणदत्त पौडेललाई सिमा सुरक्षा बिभाग र बंशीराज दाहाललाई कार्य बिभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालको प्रस्तावमा सरकारले सशस्त्र प्रहरी बल नेपालका एआईजीहरुको सरुवा गरेको हो ।
Facebook Comments Box
