काठमाडौं । सहायक निरीक्षक (असई)को फुली लगाएपछि ४२ जना हवल्दार निलम्बनमा परेका छन् । घटना हो काठमाडौं महानगरपालिका मातहत नगर प्रहरीको ।
२५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो । ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएका थिए ।
तर, महानगरपालिकाका अनुसार उनीहरु बढुवा भएर असई भएका थिएनन् । पछि घटनाबारे थाहा पाएपछि महानगरपालिकाले कारबाहीस्वरुप उनीहरुलाई निलम्बन गरेको हो ।
जसजसले अनुशासनको उलंघन गरेका छन् सबै हवल्दारहरु निलम्बन भइसकेका हुन् ।
जबकी महानगरको प्रमुख प्रशासकीय अधिकृतले मात्रै दज्र्यानी चिह्न वितरण गर्ने अधिकार छ । तर, उनीहरुले आफूखुसी दर्ज्यानी चन्ह लगाएको खुलेको छ ।
ती नगर प्रहरीले बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दज्र्यानी चिह्न नलगाइदिएका कारण अभिभावक मार्फत दर्ज्यानी चिन्ह लगाएर काममा खटिएका थिए । पछि बुझ्नै जाँदा उनीहरुले अधिकारबाहिर गएर दर्ज्यानी चिन्ह लगाएको पाइएको हो ।
