काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो । आजै बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि दिन शोक बिदा दिने निर्णय गरेको थियो ।
साथै नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारले निर्णय गरिसकेको छ ।
बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ ।
नेम्वाङको मंगलबार बिहान १ः३० बजे हृदयघातका कारण निधन भएको थियो ।
Facebook Comments Box
