काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण गरेका छन् ।
कार्यालयको निरीक्षण गर्दै प्रहरी महानिरीक्षक कुँवरले विमानस्थल सुरक्षालाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुको नि:स्वार्थ सेवा प्रवाह आवश्यक हुने बताए ।
निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रुमैत्री व्यवहार, Smart Policing, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने आईजी कुँवरले बताए ।
साथै उनले विमानस्थलबाट प्रस्थान/ आगमन हुने यात्रुहरुलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न निर्देशन समेत दिए ।




