काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले आफ्नो कार्यालय मातहतका कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् ।
आइतबार उनले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित एक कार्यक्रमबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा एआईजी थापा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीबीच कार्यसम्पादन सम्झौता भएको थियो ।
त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्री, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रजित केसीबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
