काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो ।
योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ । यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ ।
यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बोलेरो, स्कुटर र मोटरसाइकललाई एकसाथ ठक्कर दिएको थियो ।
Facebook Comments Box
