काठमाडौं । शनिबार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत एक स्ट्याटस लेख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेर चेतावनी दिए ।
मेयर बालेनको उक्त फेसबुक स्ट्याटसपछि अनेकन टिकाटिप्पणीहरु भएका छन् । कसैले बालेनले ठिक गर्यो भनेका छन् त कसैले एउटा जिम्मेवार पदमा रहेको व्यक्तिले यस्तो तुच्छ शब्द लेख्न नहुने भन्दै उनको आलोचना पनि गरेका छन् ।
साँझतिर स्ट्याटस लेखेपछि कतिपयले बालेनलाई नशाको तालमा लखेको भनेर गाली समेत गरेका छन् । तर, स्ट्याटस लेख्नुको वास्तविक कारण अर्कै रहेको पाइएको छ । एक आफ्नी हप्तादिनको सुत्केरी श्रीमती सवार गाडीलाई प्रहरीले रोकेपछि स्ट्याटसमार्फत मनलाई शान्त पार्न खोजेको बुझिन्छ ।
हप्ता दिनअघि बालेनकी श्रीमती सबिना काफ्लेले २ सन्तानलाई जन्म दिएकी थिइन् । एक साताअघि पुत्रीलाभ भएका उनका जन्मेका दुई छोरीमध्ये एकको निधन भएको छ । अर्को छोरी अस्पतालमै उपचाररत अवस्थामा छिन् ।
ललितपुरको मेडिसिटी अस्पतालले बालेनकी अर्की छोरीलाई एनआईसीयूमा राखेर उपचार गराइरहेको छ । त्यसैले बालेन र सबिना एक छोरीको निधन भएको पीडा र अर्की छोरी बिरामी भएको पीडाले उनीहरु समस्यामा छन् ।
अहिले पनि सुत्केरी सबिनाको स्वास्थ्य अवस्था ठिक नरहेको अस्पताल स्रोत बताउँछ । एक छोरी अस्पतालमै रहेको कारण श्रीमती सबिना अस्पताल घर गरिरहन्छिन् । शनिबार साँझतिर सबिना बालेनले चढ्दै आएको सरकारी गाडीमै अस्पतालमा रहेको छोरीलाई भेटेर घर फर्किँदै थिइन् ।
जबकी प्रशासनको अनुमति लिएर मात्र सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउन पाइन्छ । बाटोमा टाफिक प्रहरीले सरकारी गाडी देखेपछि रोक्छ । सामान्य सोधपुछ गर्छ ।
चालकले महानगरको गाडी र पछाडि म्याडम रहेको बताएपछि ट्राफिक प्रहरीले उक्त गाडीलाई छाडिदिन्छ । सो कुरा घर पुगेपछि सबिनाले श्रीमान बालेनलाई भनेको हुनुपर्छ । श्रीमती सबिना घर पुगेको केहीबेरमै बालेनले चोर सरकार भन्दै फेसबुकमा स्ट्याटस पोष्ट गरेका हुन् ।
आफ्नो सुत्केरी श्रीमती सवार गाडी रोकेपछि आक्रोशमा आएर फेसबुक स्ट्याटस लेखेको बताइन्छ । कतिपयले उनलाई राम्रो भनेका छन् कतिपयले नराम्रो । अहिलेसम्म पनि बालेनको स्ट्याटसको चर्चा नै छ ।
बालेनको आक्रोशमा आएर स्ट्याटस लेख्नुको अर्को कारण हो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार नै फोहोर व्यवस्थापनमा अराजकता मच्चाउने टिमलाई भेट्नु ।
प्रधानमन्त्री प्रचण्डले १ असोजदेखि काठमाडौं उपत्यकाको फोहोर रोक्ने धम्की दिने श्रीराम ढुंगानाको टिमलाई भेटेका थिए । जबकी उनीहरुलाई भेट्दा प्रचण्डले महानगरलाई पत्तो नदिई निर्णय गरेको पाइएको छ । निर्णय गुपचुप राखिएको छ ।
काठमाडौंभित्रको फोहोर व्यवस्थापन गर्ने निकाय हो महानगरपालिका । महानगरको जनप्रतिनिधि कसैलाई पनि खबर नदिई निर्णय गरेपछि आक्रोशित रहेका बालेनले श्रीमती सबिना चढेको गाडी पनि रोकेपछि फेसबुक स्ट्याटस लेखेका हुन् ।
