काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी आरोपमा एक पुरूष पक्राउ परेका छन् ।
काठमाडौं नरेफाँट बस्दै आएका इलाम नगरपालिका-९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी पक्राउ परेका हुन् ।
उनलाई सोमबार साँझ काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भण्डारीविरूद्ध किशोरीले सूर्यविनायक नगरपालिका-९ पलाँसेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् ।
सोही उजुरीको आधारमा उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
