काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुखमा एआईजी दीपक थापालाई पठाइएको छ । थापा प्रशासन विभाग प्रमुख थिए ।
त्यस्तै थापाको ठाउँमा एआईजी मिरा चौधरीको सरुवा भएको छ भने चौधरीको ठाउँ कार्य विभागमा उपत्यका प्रहरी प्रमुखबाट एआईजी श्याम ज्ञवालीको सरुवा भएको स्रोतले बतायो ।
यस्तै एकेडेमीका प्रमुख रहेका एआईजी टेक प्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ भने मानवस्रोत विभाग प्रमुख रहेका सन्दिप भण्डारीको एकेडेमीमा सरुवा भएको छ ।
Facebook Comments Box
