काठमाडौं । ताप्लेजुङको मौवाखोला गाउँपालिका–५ फाकुम्वाका एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार (बाम्फोक) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवं सूचना अधिकारी कुशराम कार्कीले बताए ।
सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे सााघु प्रहरी चौकीमा खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।
हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान गरिएरहेको प्रहरीले जनाएको छ ।
