काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
सिन्धुलीका मेघबहादुर तामाङ र सिन्धुपाल्चोकका बासुदेव थामीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित सई खड्काको घरबाट गत ३१ असारमा पेस्तोल चोरी भएको थियो ।
सो पेस्तोल नारायणटार बस्ने तामाङको कोठाबाट बरामद भएको जिल्ला परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए । सो घटनामा सई खड्कालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी आन्तरिक छानबिन गरिरहेको छ ।
झ्यालबाट तानेर सो पेस्तोल चोरी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
Facebook Comments Box
