काठमाडौं । लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ । बेसीसरहबाट खटिएको प्रहरी अप्रेसन टोलीले जुवाडेसहित नगद बरामद गरेको छ ।
मस्र्याङ्दी गाउँपालिका, ९ तल्लो पामचोकस्थित एक घरबाट २२ जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट करिब साढे ४ लाख रुपैयाँ र कौडा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । विशेष सुराकको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
घटनाबारे थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
