काठमाडौं । गृहमन्त्री सुधन गुरूङको राजीनामापछि सरकार नयाँ नेतृत्वको खोजीमा छ।
यस्तो संवेदनशील समयमा गुल्मी–२ का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीको नाम सम्भावित गृहमन्त्रीका रूपमा तीव्र रूपमा चर्चामा आएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार सुशासन, पारदर्शिता र परिणाममुखी कामको दबाबमा रहेका बेला पन्थीलाई एक सक्षम र विश्वसनीय विकल्पका रूपमा हेरिएको छ।
पन्थी विगतदेखि नै निर्भीक ढंगले राष्ट्रिय रूपमा चर्चित विषयहरूमा अनुसन्धान गर्दै अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका व्यक्ति हुन्।
कानुनको गहिरो ज्ञान भएका उनले अधिवक्ताका रूपमा निःशुल्क कानुनी सेवा दिँदै सर्वसाधारणलाई न्याय दिलाउन भूमिका खेलेका छन्।
साथै नेपाल प्रहरीमा डीएसपी (नायब उपरीक्षक) का रूपमा काम गर्दा उनले शान्ति–सुरक्षा, अपराध अनुसन्धान र संवेदनशील क्षेत्रमा नेतृत्वको महत्वपूर्ण अनुभव हासिल गरेका थिए।
विशेषत भिजिट भिषा प्रकरणमा निर्भीक र दरिलो अनुसन्धान गरेका र नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत अनुसन्धान टोलिमा खटिएका उनले चुनाब प्रचार प्रसारको क्रममा आफ्नो दिमागमा फाइल स्टोरेज भएको भन्दै उनलाई गुल्मेली जनताले बिस्वास गरेका थिए।
राजनीतिक यात्रामा पनि उनले उल्लेखनीय सफलता हात पारेका छन्।
हालै सम्पन्न निर्वाचनमा चर्चित एमाले नेता गोकर्ण बिस्टलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएपछि उनी राष्ट्रिय राजनीतिमा थप स्थापित भएका छन्।
उनको अनुशासित कार्यशैली, स्पष्ट सोच, कानुनी आधारमा निर्णय गर्ने क्षमता र विवादरहित छविले उनलाई गृहमन्त्रालय जस्तो संवेदनशील निकायका लागि उपयुक्त पात्रका रूपमा प्रस्तुत गरेको छ।
जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्यामा सक्रियता र विकासप्रति प्रतिबद्धताले पनि उनको लोकप्रियता बढाएको देखिन्छ।
विश्लेषकहरूका अनुसार, यदि पन्थी गृहमन्त्री बनेमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले एक सक्षम र भरोसायोग्य सारथि पाउनेछ।
यसले शान्ति–सुरक्षा सुदृढीकरण, सुशासन प्रवर्द्धन र सरकारबाट अपेक्षित परिणाम हासिल गर्न थप बल पुग्ने विश्वास गरिएको छ।
समग्रमा, अनुभव, इमान्दारिता र कार्यकुशलताको संयोजन भएका गोविन्द पन्थीको सम्भावित नेतृत्वले वर्तमान सरकारलाई सकारात्मक दिशा दिने संकेत देखिएको छ।
