घोराही । छात्रामाथि यौन दुर्ब्यबहार गरेको आरोप लागेका घोराही,१५ स्थित पद्मोदय पब्लिक नमुना उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेश श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।
दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलाशले श्रेष्ठलाई मंगलबार डेढ लाख धरौटी खोल्दै छोड्न आदेश दिएको अदालतका सुचना अधिकारी रामकुमार शर्माले जानकारी दिए ।
डिआई हुँदै प्रशासन प्रमुख बनेका श्रेष्ठविरुद्ध असार ६ गते यौन दुर्ब्यबहार गरेको भन्दै १० कक्षामा अध्ययनरत बालिकाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
किटानी जाहेरी परेकै दिन प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर बाल यौन दुर्ब्यबहार कसुरमा मुद्धा चलाएको थियो ।
Facebook Comments Box
