काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।
सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका किशोरी महतोले सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ३ तथा शाड्ली भान, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले समान १ विकेट लिए ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । उनले २३ बलमा उक्त रन जोडे । त्यस्तै, शैफ अली जैबले १४ बलमा १३ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९, इशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेनले २ र शेरफन रदरफोर्डले १ रन बनाए ।
आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमा आउट भए ।

