बाजुरा । बडिमालिका नगरपालिका–९ गैरिबजार मार्तडीकी दिपेश बिककी श्रीमती रमा बिकले शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्रावका कारण शरीरमा रगतको कमी भएपछि उनको अवस्था गम्भीर बनेको थियो।
उक्त अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान आरती धामीले तत्काल रक्तदान गरी उनको जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
समयमै गरिएको रक्तदानका कारण महिलाको ज्यान जोगिएको चिकित्सकहरूले बताएका छन्। प्रहरी जवान धामीको मानवीय कार्यको स्थानीयस्तरमा प्रशंसा गरिएको छ।
Facebook Comments Box
