काठमाडौं । निर्देशक निश्चल बस्नेतले जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम परेकोप्रति प्रतिक्रिया दिएका छन् । अनुसन्धानको सुरुवात आफैबाट गर्न उनको चुनौती छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले सो चुनौती दिएका हुन् ।
उनले लेखेका छन्, ‘मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ। कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनुहोला। दूधको दूध पानीको पानी छुट्याउनु पर्यो ।’
आयोगको प्रतिवेदनमा निश्चलसहितका व्यक्तिहरूले आन्दोलनलाई उक्साउने खालका अभिव्यक्तिहरू दिएको सन्दर्भमा उनीहरूमाथि अनुसन्धान गरेर दोषी देखिए कारबाही गर्न भनिएको छ ।
Facebook Comments Box
