काठमाडौं । गुल्मीका दुई वडाध्यक्षले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको छ ।
निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो ।
मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र केसी र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पदमबहादुर बिष्टले दल परिवर्तन गरी रास्वपामा प्रवेश गरेका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ ।
Facebook Comments Box
