काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसदको अवरोध कायमै राख्ने बताएका छन् । सत्ताधारी रास्वपाले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा सम्बोधन गर्ने मिति तोक्ने सहमति भंग गरेको भन्दै दुलालले अवरोध कायमै राख्ने बताएका हुन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले यही हप्ता प्रधानमन्त्री शाहले संसदमा सम्बोधन गर्ने जानकारी गराएका थिए । तर उनले मिति भने तोकेका थिएनन् ।
‘प्रमुख सचेतकहरूबीच भएको सहमति रास्वपाले तोड्यो । भित्र भएको सहमति बाहिर आउँदा भत्कियो । रास्वपा उच्च नेतृत्वबाटै संसदमा प्रधानमन्त्रीको सम्बोधनको मितिबारे नबोल्न कविन्द्र बुर्लाकोटीलाई निर्देशन भएछ,’ दुलालले भने, ‘संसदको अवरोध जारी रहन्छ ।’
Facebook Comments Box
