काठमाडौं । जिल्ला प्रहरी कार्यालय बझाङको इन्चार्जमा प्हरी नायब उपरीक्षक (डीएसपी) टेक जोरालाई पठाइएको छ । प्रहरी हेडक्वार्टरले जोरालाई बझाङमा काज सरुवा गरेको हो ।
वैशाख २३ मा उनलाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताए ।
बझाङमा कार्यरत खगेन्द्र धमला प्रहरी स्टाफ कलेजमा सहभागी हुन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आएका छन् । प्रहरी स्टाफ कलेजको दोस्रो ब्याच यस वर्ष सुरु हुँदै छ ।
बझाङ पठाइएका जोरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।
Facebook Comments Box
