काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल आजबाट अनिवार्य अवकाशमा जाने भएका छन् ।
आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन् । सशस्त्र प्रहरी हेडक्वाटरले शुक्रबार फौजी परम्पराअनुसार अर्यालको बिदाइ गर्नेछ ।
आईजीपीको चार वर्षे कार्यकाल विवादरहीतरुपमा अर्यालले बताए । उनी कुनै ठूलो विवादमा मुछिएनन् । संगठनलाई सही ट्रयाकमा ल्याउने अर्यालले उल्लेख्य भूमिका खेलेको सशस्त्र प्रहरी हेडक्वाटरले बताएको छ ।
अर्याल अवकाशमा जाने भएपछि उनको ठाउँमा नारायणदत्त पौडेललाई आईजीपी बनाउने निर्णय सरकारले गरिसकेको छ । उनले भोलि, शनिबारदेखि कार्यकाल सम्हाल्नेछन् ।
Facebook Comments Box
