काठमाडौं । रसुवाको उत्तरगंगा गाउँपालिका= ५ स्थायी घर भई मुस्ताङको घरपझोङ- २ मार्फास्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो ।
सो अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरी दाउराले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ ।
हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए ।
Facebook Comments Box
