काठमाडौं । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख नायब उपरीक्षक (डीएसपी) मदन केसी कोशी प्रदेशबाट माघ महिनाको ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
उनको नेतृत्वमा प्रहरीले १५ वर्षअघिको हत्या काण्डका फरार प्रतिवादीलाई पक्राउ गर्दै कानुनी कठघरामा उभ्याएको थियो। साथै, चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको हत्या तथा लुटपाटमा संलग्न दुई जनालाई काठमाडौंबाट लुटिएको सामानसहित नियन्त्रणमा लिइको थियो।
यसैगरी, खिजिदेम्वा गाउँपालिका–९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय अभियुक्तलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको थियो।
कोशी प्रदेश प्रहरी कार्यालयले डीएसपी केसीले चुनौतीपूर्ण घटनाको सफल अनुसन्धान र फरार अपराधी पक्राउमा देखाएको सक्रियता, नेतृत्व क्षमता र जनसुरक्षामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको जनाएको छ।
