काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
केही दिनअघि मात्र सरुवा भई विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी पाएका एसएसपी रजौरे आज कार्यालयमा उपस्थित भई कार्यभार ग्रहण गरेका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशानुसार उनलाई नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालबाट विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको हो।
कार्यभार ग्रहणको अवसरमा आयोजित कार्यक्रममा डिएसपी ढुण्डिराज न्यौपानेले एसएसपी रजौरेलाई स्वागत गरेका थिए ।
जिम्मेवारी सम्हालेपछि रजौरेले प्रहरी अधिकृत तथा जवानहरूलाई नवनियुक्त कार्यालय प्रमुख रजौरेले विमानस्थल सुरक्षा संवेदनशील र महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै अनुशासन, सतर्कता र व्यावसायिकताका साथ सेवा प्रवाह गर्न आवश्यक निर्देशन दिए ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित, मर्यादित र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउनेतर्फ आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन् ।
