काठमाडौं । पर्सा क्षेत्र १ मा नेकपा एमालेबाट पुर्व मन्त्री प्रदिप यादवले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार पार्टीका नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्।
मधेस अन्दोलनबाट राजनीतिमा उदाएका युवा नेता यादव दुई पटक सासंद र तीन पटक मन्त्री बनेका छन्।
जनता समाजबादी पार्टी ०७४र०७९ सालको निर्वाचनमा लगाएतार दुई पटक जित हासिल गरेका थिए। उनी गत इतबार नेकपा एमाले प्रवेश गरेका हुन्।
पुर्व मन्त्री यादव र नेपाली कांग्रेस उम्मेदवार अनिल रुगटाबिच कडा प्रतिस्पर्धा हुने आकलन गरेको छ।
व्यापारी पुष्टि भूमिबाट राजनीतिमा आएका रुगंटा ०७९ सालमा समानुपातिक कोटाबाट सासंद बनेका थिए। ०७४ सालको निर्वाचनमा ६ हजारभन्दा बढि मतान्तरले हराउँदै यादव सासंदमा निर्वाचित भएका थिए।
पर्सा क्षेत्र नम्बर १ का मतदाताहरुको अनुसार तत्कालीन खानेपानमन्त्री समेत रहेका यादवले तराईमा पानीको संकट रहेको बेलामा आफ्नो क्षेत्रको हरेक घरघरमा खानेपानी तथा डिप बोरिङ्ग जडान गरि खाने पानी उपलब्ध गराएदेखि शिक्षा, सडक र नाला जस्ता बिकास कार्य गुणस्तरीय गरेकोले जित निश्चित रहेको बताएका छन्।
