काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि (६ गते) राजीनामा दिने भएकी छिन् । उनले भोलि बस्ने कार्यपालिकामा राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिइने उनको सचिवालयले जनाएको छ ।
उनले महानगर छोड्नुअघि आज पत्रकार सम्मेलन गरेकी थिइन् । पत्रकार सम्मेलनमा उनी भावुक हुँदै रोएकी छिन् । जनप्रतिनिधि र कर्मचारीसहित उपस्थित भएकी दाहाल उपप्रमुख चित्रसेन अधिकारी बोल्दै गर्दा रोएकी हुन् ।
दुई कार्यकाल मेयर भएकी दाहालले पहिलो पटक २०७४ र दोस्रो पटक २०७९ सालको स्थानीय तहको निर्वाचनमाजित हासिल गरेकी थिइन् ।
Facebook Comments Box
