काठमाठौं । नेपाली कम्युनिस्ट पार्टीले सल्यानमा रमेश मल्ललाई उम्मेदवार बनाउने भएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।
नेकपाले मल्ललाई टिकट दिएको हो। उनी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा पनि काम गरेका थिए।
नेकपा नेता प्रकाश ज्वालाले टिकट नपाएका हुन्। उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
‘सल्लाहमै यसपालि रमेशजीलाई उम्मेदवार बनाउने भन्ने भयो, म उम्मेदवार नहुने भएँ। मैले समर्थन गरेको छु,’ ज्वालाले भने।
Facebook Comments Box
