वीरगञ्ज, ३ माघ ः पर्साका पत्रकार विजय कुशवाहाले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पनि विशेष साधारणसभा बोलाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् । उनले आफ्नो सामाजिक संजालमा लेख्दै जिल्ला शाखाको विशेष साधारणसभा बोलाउनुपर्ने आवश्यकता देखिएको माग गरेका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य समेत रहेका कुशवाहाले जिल्लाका अध्यक्ष ओमप्रकाश खनालको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै बिशेष साधारणसभाको माग राखेका हुन् ।
कुशवाहाले नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीलाई सम्बोधन गर्दै जिल्ला शाखाको वर्तमान नेतृत्व परिवर्तन गर्न आवश्यक भएको अनुभुति भएकाले विशेष साधारण सभा आह्वान गर्न खोजिएको बताएका छन्। त्यस्तै विशेष साधारण सभा किन र केका लागि बोलाईन्छ भने कुरा बुझिदिन उनले सचिव तिवारीलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले माघ २९ मा बसेको कार्यसमितिको बैठकले माघ १ मा स्वर्गीय गोपाल गिरी क्रियाशील पुरस्कार गोविन्द देवकोटालाई दिने निर्णय गरेपछि असन्तुष्टी बढेको थियो । साथै यसमा कार्यसमिती बहुमत पदाधिकारी र सदस्यहरु बैठकमा सहभागी भएका थिएनन् ।
नेपाल पत्रकार महासंघ पर्साको बैठकले स्व. गिरी पुरस्कार गोबिन्द देवकोटालाई दिने निर्णय पश्चात अग्रज पत्रकार गया यादवले स्वर्गीय गिरीको हत्या देवकोटा आबघ पार्टी तत्कालिन पुष्पकमल दाहाल (प्रचण्ड) सम्मलित माओवादी पार्टीले गरेको थाहा हुँदाहुँदै पनि नेपाल पत्रकार महासंघ पर्साले उनलाई पुरस्कार दिनु उचित नरहेको सञ्चालमा आक्रोश पोखेका थिए ।
यादवले सामाजिक संजालमा लेख्दै तेती खेर वीरगंजका मारवाडी ब्यापारीहरूसँग लेनदेन गराउने मुख्य कडी थिए देवकोटा, बिडम्बना उनै स्व. गोपाल गिरीको नामबाट स्थापित पत्रकारिता पुरस्कार भोली थाप्ने भएका छन्, वाह रे पर्सा पत्रकार महासंघ भन्दै आलोचना गरेका थिए ।
अग्रज पत्रकार यादवको आलोचनात्मक टिप्पणीले जिल्लाका अधिकांश पत्रकार पुरस्कार कार्यक्रमलाई बहिष्कार पनि गरेका थिए । यस्तै नेपाल पत्रकार महासंघ पर्साका पूवअध्यक्ष अनुप तिवारीले पनि विवादित निर्णय गरेपछि कडा आलोचना गरेका थिए ।
तिवारीले पर्साको पत्रकारितामा क्रियाशीलता, लगानी र व्यवस्थापन भन्दा पनि बार्गेनिङ गरी माल कमाउन मात्र सक्रिय गोबिन्द देवकोटालाई स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार दिने निर्णय ठिक होईन भन्दै असन्तुष्टी राखेका थिए । उनी भुमिगतमा माओबादी, मधेशवादमा सरावगीको सल्लाहकार भएर पत्रकारिताको वास्ता नगरि आफू कसरी धन कमाउनेमा परेको ईतिहास छ भन्दै लेखेका थिए । उनले बाकी खनाल जीले यथार्थ भन्नू होला भन्दै प्रश्न गरेका थिए ।
पत्रकार जगत राईले पनि “क्रियाशील र क्रियाशीलताको अर्थ के हो” भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । विवादित पात्रले पुरस्कार पाएपछि उनले सामाजिक सञ्जालमा व्यंग्य गरेका हुन् । त्यस्तै नितेश कर्णले सामाजिक सञ्जाल मार्फत स्व. गिरीको नाममा स्थापित पुरस्कार वितरण कार्यक्रममा घरपरिवारबाट कोही कसैको उपस्थिती रहेको नआएको लेखेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
स्वर्गीय गिरिको पुरस्कार विवादित पात्रले पाएपछि पर्सा शाखाको बिशेष साधारणसभा बोलाउन माग
Facebook Comments Box
