काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने घोषणा गरेका छन्।
नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै चुनावपछि संसदमा जाने आफ्नो पनि चाहना रहेको बताए। उनले सरकार तोकिएकै समयमा निर्वाचन हुने दाबी गरे।
उनले भने, ‘चुनावपछि बन्ने संसद् र सरकारमा मेरो पनि चाहना छ, कतै न कतैबाट मिडियाको उपस्थित हुने त्यो संसद् र सरकारमा उपस्थिति होस् भन्ने नै हो।’
उनले आगामी चुनावमा परिवर्तनले खोजेअनुसार योग्य व्यक्तिलाई नेतृत्वमा पुर्याउन आग्रह गरे।
Facebook Comments Box
