काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापाले उम्मेद्वारी दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिमा उम्मेद्वारी दिएका हुन् ।
थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार काँग्रेस सभापतिका लागि थापा एक्लैले मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि अरुको मनोनयन दर्ता नभएकाले विशेष महाधिवेशनबाट सभापतिमा थापा निर्विरोध निर्वाचित हुने पार्टीका एक नेताले बताएका छन् ।
यता अन्य सबै पदाधिकारीका लागि मनोनयन दर्ता भइसकेको छ ।
यसअघि सहमतिका लागि पार्टी सभापति शेरबहादुर देउवासँग वार्ता भए पनि वार्ता सफल नभएको महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बताएका छन् ।
Facebook Comments Box
